४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नेपाल जनता पार्टी कपिलवस्तुले सत्ता गठबन्धनलाई सघाउने



मायादेवी अनलाइन, बाणगङ्गा ।

नेपाल जनता पार्टी कपिलवस्तुले बाम लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने भएको छ । नेपाल जनता पार्टीका जिल्ला अध्यक्ष शुशिल तिवारी र कपिलवस्तु क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेद्वार नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिव चक्रपाणी खनाल (बलदेव) बीच जिल्ला भरी नै सहयोग हुने गरि सहमति भएको हो ।

कपिलवस्तुको क्षेत्र नम्बर २ र ३ का उम्मेद्वारहरुको उम्मेद्बारी समेत् निस्कृय बनाउने गरि दुवै पक्ष बीच सहमति भएको जनाइएको छ ।

नेपाल जनता पार्टीका जिल्ला अध्यक्ष तिवारीले आफूहरुले जिल्लाभर सत्ता गठबन्धनलाई सघाउने बताए । अहिलेको राष्ट्रिय आवस्यकतालाई मध्यनजर गर्दै यस्तो निर्णयमा पुगेको उनले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७९ शुक्रबार ००:००  ७ : ३८ बजे