१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल युएईसंग पराजित



काठमाडौं ।

पाहुना टोली युएईविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले हार व्यहोरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललाई युएईले ८४ रनले हराएको हो ।युएईले दिएको २ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो ।

अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेलेपनि नेपालले लक्ष्य पूरा गर्न सकेन ।एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु खेलाडी अर्जुनले ५१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्रले ५४ रनको इनिङ खेले ।
त्यस्तै नेपालका कप्तान रोहित पौडेल १ रनमा आउट हुँदा आसिफ शेखले १२ तथा अर्का डेब्यु खेलाडी हरिशंकर साहले ८ रन बनाए ।कुशल भुर्तेल ६, सोमपाल कामी ३, करण केसी ३ तथा ज्ञानेन्द्र मल्ल सुन्य रनमा आउट भए ।गुलशन झा १९ रनमा अविजित रहे भने ललित राजवंशीले अविजित ६ रन बनाए । युएईका आयन अफ्जल खानले ४ विकेट लिए ।

बसिल हामिदले २ तथा जाहोर खान,रोहन मुस्तफा र अहमेद राजाले १/१ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनाएको थियो ।युएईका लागि रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय इनिङ खेले ।यस्तै मुहमद वासिमले ४४ रन जोड्दा भ्रित्य अरभिन्दले ४० रन बनाए ।

एलिशन शाराफुले २९ रन बनाए भने बसिल हामिदले १४ तथा कप्तान सिपि रिजवान २ रनमा आउट भए ।आयन हफ्जल खानले २६ रन जोड्दा आउट भए भने अहमेद राजाले अविजित २७ रन बनाए । नेपालका गुलशन झाले २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १र१ विकेट लिए ।यस जितसँगै युएईले तीन खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता बनाएको छ ।

अब युएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय बुधबार तथा तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९ सोमबार ००:००  ४ : ५१ बजे