२४ भाद्र २०८१, सोमबार | Tue Sep 10 2024

कपिलवस्तु ३ (१) मा रोचक चुनावी लडाई



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु ३ को प्रदेशसभा १ मा रोचक प्रस्तिपर्धा हुने भएको छ । आउँदो मंसिर ४ को निर्वाचनमा यो प्रदेश सभामा रोचक प्रतिस्पर्धा हुन लागेको हो ।

गत बैशाख ३० को स्थानीय तह चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अप्रत्यासित जित निकाले पछि धेरैको चुनावी आंकलन यहाँ फेल खाएको थियो ।

आउँदो चुनावमा पनि यही हुन सक्ने धेरैको आंकलन छ ।

यो प्रदेश सभामा नेकपा (एमाले) का अजुर्न केसी, नेकपा (माओवादी केन्द्र) का एहसान अहमद खाँ, नेकपा (एकीकृत समाजवादी) का जीवलाल पौडेल, लोकतान्त्रिक समाजवादी पार्टीका रविदत्त मिश्र र राप्रपाका कृष्ण पौडेल चुनावी प्रतिस्पर्धामा छन् ।

मुख्यतया यी उम्मेदवार बीच यहाँ प्रतिस्पर्धा छ । यस क्षेत्रका बलिया दुई शक्ति नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले यहाँ उम्मेदवार उठाएका छैनन् ।

०७४ को चुनावमा तत्कालिन बामगठबन्धनबाट एमालेका केसीले चुनाव जितेका थिए । साथमा सूर्य चिह्न लिएर इश्वरदयाल मिश्र चुनावी मैदानमा थिए ।

बाम-गठबन्धन र मिश्रको कारण एमालेले जित निकालेको थियो । अहिले एमालेसंग न गठबन्धन छ न मिश्रको औपचारिक साथ नै ।

पार्टी विभाजनको असरमा परेको एमालेलाई यो पालि जित निकाल्न हम्मे हम्मे छ । यद्यपि आफूहरुको जित सुनिश्चित रहेको एमालेले दाबी गर्दै आएको छ ।

गठबन्धन भित्र एकमन एकता नहुँदा माओवादी र समाजवादीका छुट्टा छुट्टै उम्मेदवारी छ । माओवादीका खानले गठबन्धनबाट टिकट पाए पनि समाजवादीका पौडेल उम्मेदवार बने ।

दुबै उम्मेदवारले गठबन्धनका मत काट्न लागिपरेका छन् ।

स्थानीय तहको चुनावमा शिवराज नगरपालिकाको मेयर जितेका कारण राप्रपाका पौडेल जित सुनिश्चित रहेको दाबी गर्छन् ।

लामो समय कांग्रेसको राजनीति गरेका पौडेलले यो निर्वाचनमा धेरै पक्षको मत काट्न अड्कलबाजी छ ।

०७४ मा झिनो मतान्तरले प्रदेश सांसदमा पराजित मिश्रा पनि जित निकाल्ने दौडमा छन् । बैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा पनि मिश्रले पाएको मत निकै कम छ । यो दौडमा उनी रहेपनि परिस्थिति सोचे जस्तो छैन् ।

आम मतदाता अनिर्णित जस्तो देखिएका बेला कस्ले यहाँ बाजी मार्छ यसै भन्न सकिने अवस्था छैन् ।

पहाडीया, मधेसी, मुस्लिम, थारु लगायत जातजातीको मिश्रित बसोबास रहेको यहाँ हरेक चुनावमा नतिजामा अथलपुथल हुने गरेको छ । उत्तरको बैचारिक मत र दक्षिण व्यक्ति केन्द्रित मतलाई जसले आफ्नो पक्षमा पार्न सक्छ उसैले यहाँ सहज जित निकाल्ने विश्लेषण छ ।

प्रकाशित मिति : १ मंसिर २०७९ बिहिबार ००:००  ७ : ३५ बजे