८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

यस्तो छ आजको मौसम पूर्वानुमान



काठमाडौं ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ। अन्यत्र मौसम सामान्यतः सफा रहनेछ।

देशभर तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : ४ मंसिर २०७९ आइतबार ००:००  ६ : ५८ बजे