७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मतदान शान्तिपूर्ण नै भइरहेको छः गृहमन्त्री खाँण



रुपन्देही ।

गृहमन्त्री बालकृष्ण खाँणले देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका छन्। गृहजिल्ला रुपन्देहीको मतदान केन्द्र अवलोकन गरिरहेका खाँडले छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका हुन् । 

‘मुलुकभरि शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भइरहेको छ,’ उनले सञ्चारकर्मीसँग भने, ‘शान्तिपूर्ण रुपमै मतदान होस् भन्ने सबै क्षेत्रको चाहना रहेको र त्यसअनुसार सरकारले सुरक्षा व्यवस्थालाई कडा पारेको छ ।’

रूपन्देही ३ का उम्मेदवारसमेत रहेका गृहमन्त्री खाँणले सिद्वार्थनगर नगरपालिकाका विभिन्न वडामा रहेका मतदान स्थल अवलोकन क्रममा सो जानकारी दिएका हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९ आइतबार ००:००  १२ : १४ बजे