१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कपिलवस्तुमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा ६५ प्रतिशत मत खसेको छ ।

प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि आइतबार (आज) देशभर आम चुनाव भएको हो ।

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख राजिव पन्थीका अनुसार जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक तयाङ्क निकालिएको छ ।

जिल्लाका तीन वटै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त रिर्पोट अनुसार उक्त अनुमान गरिएको हो ।

जिल्लाको मतगणना आज रातिबाट नै गर्ने गरी प्रक्रिया थालिएको छ। निर्वाचन आयोगले रातिबाट नै मतगणनाको काम थाल्न निर्देशन दिएकाले यसको प्रक्रिया थालिएको पन्थीले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७९ आइतबार ००:००  ६ : ५६ बजे