४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलवस्तु प्रहरी भन्छः शान्तिपूर्ण रुपमा मतदान सम्पन्न



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदका लागि भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

विहान ७ बजेबाट सुरु भएर साँझ ५ बजेसम्म भएको मतदान शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक तथा प्रहरी प्रवक्ता मिन घलेले जानकारी दिए ।

शान्ति सुरक्षाको हिसाबले संवेदनशिल मानिएको कपिलवस्तुमा मतदानको समयमा कुनै प्रकारको अवान्छित गतिविधि नभएको उनले बताए ।

नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को गृह जिल्ला रहेको कपिलवस्तुमा निर्वाचन विरोधि विभिन्न गतिविधि भएकाले प्रहरी ७२ घण्टा अघि देखिनै विशेष सुरक्षामा खटिएको उनको भनाई थियो ।

जिल्लामा सुरक्षा स्थितिलाई हेरेर २४ मतदान स्थललाई अति संवेदनशील, १०७ लाई संवेदनशील बाँकी सामान्यमा बर्गीकरण गरी सुरक्षा ब्यवस्था मिलाइएको थियो ।

निर्वाचनमा म्यादी, नेपाल सशस्त्र प्रहरी नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु ग्रि करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

३ लाख ६८ हजार २३२ मतदाता रहेको कपिलवस्तुमा तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा रहेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९ आइतबार ००:००  ७ : ११ बजे