१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

घरभित्रै प्रवेश गरेर बाजुरामा विद्यार्थी नेताको विभत्स हत्या



डडेल्धुरा ।

बाजुरामा एक जना विद्यार्थी नेताको हत्या गरिएको छ । आइतबार राति घरमा आक्रमण गरेर जिल्लाको त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या गरिएको प्रहरीले जनाएको छ ।

उनी, अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन् । निर्वाचनमा भएको विवादलाई लिएर घरमा आक्रमण गर्दै उनीमाथि कुटपिट भएको थियो । गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

आइतबार मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर २५ वर्षीय कांग्रेसका कार्यकर्ता सुरेन्द्र अयडीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  ७ : २९ बजे