१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

डडेल्धुराको मतगणना अझै सुरु भएन



काठमाडौं ।

डडेल्धुराको मतगणना अझै सुरु हुन सकेको छैन । परशुराम नगरपालिकाका मतपेटिका संकलन हुन बाँकी रहेकाले मतगणना सुरु गर्न ढिलाइ भएको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, ‘मतपेटिकामा पुग्ने क्रममा छन् । ती पुग्ने वित्तिकै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुन्छ ।’

मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतमा हुनेछ ।

डडेलधुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेको समर्थन पाएका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल, जसपाका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार सागर ढकाल र विक्रमबहादुर शाही लगायत उम्मेदवार छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  १० : ०७ बजे