१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मतगणना अपडेटः एमाले अग्र स्थानमा, कांग्रेस र स्वतन्त्र पार्टी पछ्याउँदै



काठमाडौं ।

देशभर मतगणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् । 

जारी मतगणनाअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, झापा, धनुषा, कास्की र मुस्ताङमा एमाले पहिलो स्थानमा छ। एमालेले पाँच स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिइरहेको छ। एमालेले झापा–२, धनुषा–३, ललितपरका तीनवटै क्षेत्रमा अग्रता लिएको हो।

यस्तै कांग्रेसले झापा–३, भक्तपुर–२ र मुस्ताङमा अग्रता लिइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं–७ र कास्की–२ मा अग्रता लिइरहेको छ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  १० : ३२ बजे