१५ मंसिर २०७९, बिहिबार | Thu Dec 1 2022

दाङ १ मा मेटमणि चौधरीलाई सुरुवाती अग्रता



दाङ ।

दाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीले सुरुवाती अग्रता लिएको छ ।

अहिलेसम्म तीन सय मत गन्दा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले एक सय २५ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा एमालेकी शान्ता चौधरीले ६९ मतसहित पछ्याइ रहनुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ५४ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले १८ मत पाउनुभएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  ४ : ३८ बजे