१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तु १ प्रदेश सभा(१) मा विष्णु पन्थीको अग्रता कायमै, घिमिरे पछ्याउँदै



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तु प्रतिनिधि सभा १ (१) मा नेकपा एमालेका विष्णु पन्थीले सुरुवाती चरणबाट नै अग्रता कायम गर्नुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार पन्थीले ४ हजार १ सय २७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उहाका प्रतिद्धन्द्धी डोलकराम घिमिरेले घिमिरे ३ हजार ३ सय ६५ मत प्राप्त गर्नुभएको छ ।

घिमिरे पन्थी भन्दा ७ सय ६२ मतले पछाडी हुनुहुन्छ । अहिलेसम्म १२ हजार २ सय ९३ मतगणना भएको छ । वाणगंगा वडा नम्बर २, १० र ५ को मतगणना भएको हो ।

प्रकाशित मिति : ६ मंसिर २०७९ मंगलबार ००:००  ३ : १६ बजे