२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

रौतहटको गौरमा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु



रौतहट ।

रौतहटको गौरमा आगलागी हुँदा तीन जना बालबालिकाको ज्यान गएको छ । गएराति आगलागी हुँदा रुक्सना खातुन, इमरान मन्सुरी र सबिला खातुनको ज्यान गएको हो ।

प्रहरीका अनुसार गौर नगरपालिका १ मा रहेको इस्लाम कपडा तथा सिरक डस्ना पसलमा आगलागी भएको हो । घाइते ३ जनाको सदरमुकाम गौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिजुली सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।

घटनाको थप जानकारी आउन बाँकी छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९ बिहिबार ००:००  ६ : ३० बजे