१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तु २ (१) : पूर्व एसएसपी थापालाई हराएका लामिछाने



मायादेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तु २ ९१० को प्रदेश सभामा नेकपा एमालेका नवराज लामिछाने विजयी भएका छन् । जिल्लामा ६ प्रदेश सभा निर्वाचन क्षेत्र छन् । ५ निर्वाचन क्षेत्रको जारी मतगणनामा लामिछानेले जिल्लामा चुनाव जितेर खाता खोलेका छन् ।

यो समाचार तयार पार्दासम्म कपिलवस्तु २ को (२) मा अझै मतगणना भएको छैन् ।

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा लमिछने ५२२ मत अन्तरका विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनले २१ हजार १३६ मत पाएका छन् ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बिक्रम सिंह थापाले २० हजार ६१४ मत पाएका छन् । थापा नेपाल प्रहरीका पूर्व एसएसपी हुन् ।

जिल्लाका अन्य ४ प्रदेश सभाको मतगणना जारी छ । जसमा कपिलवस्तु १ को प्रदेश सभा १ र २ मा एमाले उम्मेदवार अगाडी छन् । कपिलवस्तु ३ को प्रदेश सभा १ मा एमाले नै अगाडी हुँदा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकी प्रसाद यादव अगाडी देखिएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९ बिहिबार ००:००  १२ : ०८ बजे