१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तु ३ मा एमालेका गुप्ता विजयी



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु ३ मा नेकपा एमालेका उम्मेदवार मंगल प्रसाद गुप्ता विजयी हुनुभएको छ । गुप्ताले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहलाई पराजित गर्नुभएको हो ।

गुप्ता र शाहको मतान्तर ३ हजार ६३७ छ ।

गुप्ताले २२ हजार ६१९ मत पाउँदा शाहले १८ हजार ९८२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शाहलाई सत्ता गठबन्धनको साथ थियो ।

०७४ सालमा कांग्रेसबाट निर्वाचित हुनुभएका शाह यो निर्वाचनमा पराजित हुनुभएको हो । गुप्ता भने बहुदल यताका हरेक संसदीय चुनाव लड्दै आए पनि विजयी हुन सक्नुभएको थिएन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९ शुक्रबार ००:००  ७ : ५८ बजे