१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

करेन्ट लगाएर माछा मार्ने क्रममा दाङमा १ जनाको ज्यान गयो



दाङ ।

करेन्ट लगाएर माछा मार्ने क्रममा आज शनिवार दाङमा एक जनाको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका १६ जहदागाउँको मलवारे कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा कैलालीको भजनी नगरपालिका ७ ढुसेका ४८ वर्षीय सुरेश डाँगीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

दिउँसो साढे २ बजेतिर स्थानीय कुलोमा करेन्ट लगाइ माछा मार्ने क्रममा डाँगीको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ । डाँगी तुलसीपुर १६ मा बस्दै आउनुभएको थियो ।

स्थानीय पेन्डु चौधरीको घरबाट करेन्टको तार लगेर मृतक डाँगीसहित तीन जना मल्वारे कुलोमा माछा मार्न गएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९ शनिबार ००:००  ७ : १३ बजे