२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

एमाले बन्यो लुम्बिनी प्रदेश सभामा ठूलो दल



बुटवल ।
लुम्बिनीमा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम नतिजा आइसक्दा नेकपा एमाले ठूलो दल बनेको छ । प्रत्यक्षतर्फका ५२ क्षेत्रमध्ये एमालेले १८ सिट जितेर पहिलो दल बन्दा नेपाली कांग्रेस १७ सिट जित्दै दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्रले जम्मा पाँच सिट जितेर तेस्रो बनेको छ ।

यस्तै, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले समान दुई/दुई सिट जितेका छन् भने माओवादीबाट विद्रोह गरेका तीनजना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीले पनि एक सिट जितेर प्रदेश सभामा उपस्थिति जनाएको छ । २०७४ को निर्वाचनमा प्युठानबाट एक सिट जितेको राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीले भने प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेनन् ।

यसअघिको प्रदेश सभामा पाँच दलको प्रतिनिधित्व रहेकामा अब कम्तीमा ८ दलको प्रतिनिधित्व हुनेछ । लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी, जनमत र राप्रपा नयाँ दलका रुपका थपिएका हुन् ।

२०७४ को प्रदेश सभा निर्वाचनमा वाम तालमेल हुँदा प्रत्यक्षतर्फ एमालेले २७, माओवादी केन्द्रले १४, नेपाली कांग्रेसले ७, जसपाले २, तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) ले एक र हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहले एक सिट जितेका थिए ।

यसपटक सत्तारुढ दलहरुबीचको गठबन्धन हुँदा प्रत्यक्षतर्फ नेकपा एमालेले ९ सिट गुमाएको छ भने माओवादी केन्द्रले पनि ९ सिट गुमाएको छ । कांग्रेसले भने गठबन्धनको बलमा नेपाली कांग्रेसले १० सिट थपेको छ ।

यस्तो छ दलगत उपस्थिति

नेकपा एमाले 
१. लिला गिरी-रुपन्देही २ (१)
२.भोजप्रसाद श्रेष्ठ-रुपन्देही २ (२)
३. तुल्सीप्रसाद चौधरी-रुपन्देही ३ (२)
४. भुमिश्वर ढकाल-रुपन्देही ५ (१)
५. चिन्तामणि पाण्डे-गुल्मी १ (१)
६. डिल्लिराज भुसाल-गुल्मी २ (१)
७. दिनेश पन्थी-गुल्मी २ (२)
८. राजुप्रसाद श्रेष्ठ-पाल्पा १ (१)
९. खेमबहादुर सारु-पाल्पा १ (२)
१०. चेतनारायण आचार्य-अर्घाखांची १ (२)
११. राजजीप्रसाद घिमिरे-अर्घाखांची १ (२)
१२. विष्णु पन्थी-कपिलवस्तु १ (१)
१३. मधुशरणप्रसाद चौधरी-कपिलवस्तु १ (२)
१४. नवराज लामिछाने-कपिलवस्तु २ (१)
१५. अर्जुनकुमार केसी-कपिलवस्तु ३ (१)
१६. तुल्सीराम शर्मा-प्युठान १ (१)
१७. दुर्गाप्रसाद चौधरी-बांके १ (२)
१८. रत्नबहादुर खत्री-बांके ३ (१) ।

नेपाली कांग्रेस 

१. विश्वप्रेम पाठक-नवलपरासी १ (१)
२. देवकरणप्रसाद कलवार-नवलपरासी १ (२)
३. अब्दुल रज्जाक गद्दी-रुपन्देही १ (२)
४. वसिउद्दिन खां-रुपन्देही ४ (२)
५. सुधाकर पाण्डे-कपिलवस्तु २ (२)
६. सरोज थापा (रोज राणा)-प्युठान १ (२)
७. अनुराग खड्का-दाङ १ (२)
८. राजु खनाल-दाङ २ (१)
९. प्रचण्डविक्रम न्यौपाने-दाङ २ (२)
१०. डिल्लीबहादुर चौधरी-दाङ ३ (१)
११. बादशाह कुर्मी-बांके ३ (२)
१२. धनबहादुर केसी-रुकुम पूर्व १ (२)
१३. भुवनेश्वर चौधरी-बर्दिया १ (१)
१४. जन्मजय तिमिल्सेना-बर्दिया २ (१)
१५. बीरबहादुर राना-पाल्पा २ (१)
१६. धनेन्द्र कार्की-गुल्मी १ (२)
१७. बैजनाथ कलवार जैसवाल-नवलपरासी २ (२)

नेकपा (माओवादी केन्द्र)

१. जोखबहादुर महरा-रोल्पा १ (१)
२. इन्द्रजित थारु-दाङ १ (१)
३. कृष्णा केसी-बांके १ (१)
४. तुलाराम घर्ती-पाल्पा २ (२)
५. धनबहादुर मास्की-दाङ ३ (२)

जनता समाजवादी पार्टी
१. भण्डारीलाल यादव-बाँके २ (१)
२. आदेशकुमार अग्रवाल-बाँके २ (२)

लोकतान्त्रिक समाजवादी पार्टी

१. सन्तोष पाण्डे -रुपन्देही ३ (१)
२. कन्हैया बनिया-रुपन्देही ४ (१)

राष्ट्रिय प्रजातन्त्र पार्टी
१. आशिषकुमार चौधरी-रुपन्देही १ (१)
२. जानकीप्रसाद यादव-कपिलवस्तु ३ (२)

नागरिक उन्मुक्ति पार्टी
१. राजकुमार चौधरी-बर्दिया १ (२)
२. धर्मबहादुर चौधरी-बर्दिया २ (२)

जनमत पार्टी
१. चन्द्रकेश गुप्ता-रुपन्देही ५ (२)

स्वतन्त्र (सबै माओवादीका बागी)

१. दीपेन्द्र पुन-रोल्पा १ (२)
२. सरुल पुन-रुकुमपुर्व १ (१)
३. खड्ग बस्नेत-नवलपरासी २ (२)

प्रकाशित मिति : ११ मंसिर २०७९ आइतबार ००:००  १२ : ४५ बजे