१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

कपिलवस्तुमा समानुपातिकमा एमाले पहिलो, अरु दलको कुन स्थान ?



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा समानुपातिक तर्फ बढी मत ल्याउने नेकपा एमाले पहिलो पार्टी भएको छ । कपिलवस्तुका तीन प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएसंगै समानुपातिक तर्फ एमाले पहिलो पार्टी भएको हो ।

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सबै मतपरिणाम आइसकेको छ ।

प्रतिनिधि सभा तर्फ एमालेले ६९ हजार ५२६ मत पाएको छ । नेपाली कांग्रेसले ५९ हजार ५२ मत पाएर दोस्रो हुँदा १५ हजार ३०६ मत पाएर राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ हजार ४५, जनमत पार्टीले १३ हजार ४६४, नागरिक उन्मुक्ती पार्टीले ९ हजार ६२, जनता समाजवादी पार्टी नेपालले ८ हजार ६५० मत पाएको छ।

नेकपा (एकीकृत समाजवादी) ले ८ हजार ३२६ मत पाउँदा नेकपा (माओवादी केन्द्र) ले ८ हजार २१२ मत पाएको छ ।

जनता प्रगतिशिल पार्टी नेपालले ७ हजार ५६५, लोकतान्त्रिक समाजवादी पार्टीले ६ हजार २२३ मत पाएको छ ।

०७४ साल यता जन्मिएका रास्वपा, जनमन, नागरिक उन्मुक्ती, जप्रपाले एकाएक छलाङ मारेका छन् भने राप्रपाले पनि आफ्ना दबदबा बढाएको छ । एमालेसंग विद्रोह गरी निर्माण भएका समाजवादीले जिल्लामा माओवादी केन्द्रलाई पछि पारेको छ।

जिल्लाका ६ प्रदेश सभा तर्फ पनि एमाले अग्रस्थानमा रहेको छ ।

एमालेले ६५ हजार ९०५, कांग्रेसले ५२ हजार ७१४, जनमत पार्टीले ११ हजार ४१४, राप्रपाले १० हजार २२९, नागरिक उन्मुक्ती पार्टीले ९ हजार ७१५, जसपाले ९ हजार ५१४, एकीकृत समाजवादीले ८ हजार ६ सय, माओवादीले ८ हजार ५२१, लोसपाले ४ हजार ८१०, जप्रपाले ४ हजार २५७, हाम्रो नेपाली पार्टीले २ हजार ७०३, बहुजन शक्ती पार्टीले २ हजार ६२०, राष्ट्रिय जनमोर्चाले १ हजार ७४० मत पाएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९ आइतबार ००:००  ८ : ५४ बजे