१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तु १ र ३ का नवनिर्वाचित सांसदले बुझे प्रमाणपत्र



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा नवनिर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

जिल्लाका ३ प्रतिनिधि सभा तथा ६ प्रदेश सभा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएसंगै निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित सांसदलाई प्रमाणपत्र दिएको हो ।

आइतबार प्रतिनिधि सभा २ का सांसद सुरेन्द्रराज आचार्य, प्रदेश सभा ‘१’ का सांसद नवराज लामिछाने र प्रदेश सभा ‘२’ का सांसद सुधाकर पाण्डेयले निर्वाचित भएको प्रमाणपत्र बुझेका छन् ।

तौलिहवामा निर्वाचत अधिकृतको कार्यालयले राखेको एक कार्यक्रममा तीनै जना निर्वाचित सांसदलाई प्रमाणपत्र दिइएको हो ।
यस्तै कपिलवस्तु क्षेत्र नं. ३ का निर्वाचित सांसदले पनि आइतबार नै प्रमाणपत्र बुझेका छन् ।

प्रतिनिधि सभाका सांसद मंगल प्रसाद गुप्ता, प्रदेश सभा ‘१’ का सांसद अर्जुन केसी र प्रदेश सभा ‘२’ का सांसद जानकी प्रसाद यादवलाई निर्वाचत अधिकृतको कार्यालयले प्रमाणपत्र प्रदान गरेको हो ।

मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनको प्रत्यक्ष र समानुपातिक मतगणनाको अन्तिम नतिजा आइतबार आएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९ आइतबार ००:००  ९ : ०८ बजे