१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मोरक्कोसँग बेल्जियम पराजित



काठमाडौं ।
विश्वकप फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा मोरोक्कोले बेल्जियममाथि जित निकालेको छ । आइतबार भएको खेलमा मोरक्कोले फिफा वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियमलाई २-० गोल अन्तरले हराएको हो । 

 मोरक्कोलाई जित दिलाउन अदेल हामिद साबारी र अबुखेलाले एक-एक गोल गरे । खेलको ७३ औं मिनेटमा साबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाए । खेलको इन्जुरी समयमा अबुखेलाले गोल गर्दै मोरोक्कोको जीत सुनिश्चित गरे ।

जीतसँगै मोरक्को ४ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । ३ अंकसहित बेल्जियम दोस्रो स्थानमा छ । आज नै अर्को खेलमा क्रोएसिया र क्यानडा भिड्दैछन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९ आइतबार ००:००  ९ : १७ बजे