१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कतार विश्वकपः आज चार खेल हुँदै



काठमाडौं ।

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार चार खेलहरु हुँदैछन् ।
कतार विश्वकपमा सोमबार समूह चरण अन्तर्गत समूह जी र समूह एच का दुई दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा समूह जी मा रहेको क्यामरुन र सर्बिया बीच प्रतिस्पर्धा हुनेछ । क्यामरुन र सर्बियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

क्यामरुन र सर्बिया आज पहिलो जितको खोजीमा हुनेछन् । क्यामरुन र सर्बियाले पहिलो खेल हार व्यहोरेका थिए ।

दोस्रो खेलमा समूह एच को दक्षिण कोरिया र घाना बीच प्रतिस्पर्धा हुनेछ । कोरिया र घाना बीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा बराबरी खेलेको दक्षिण कोरिया पहिलो जितको खोजीमा रहेको छ । घाना पनि पहिलो दोस्रो जित चाहन्छ ।

विश्वकप अन्तर्गत नै सोमबार हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ । समूह जी मा रहेको ब्राजिल र स्विट्जरल्यान्ड खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

ब्राजिल र स्विट्जरल्यान्ड लगातार दोस्रो जितको योजनामा रहेका छन् ।

त्यस्तै चौंथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । समूह जी मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहेको छ । उरुग्वे पनि पहिलो जितको योजनामा रहेको छ ।

कतारका जारी विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

प्रकाशित मिति : १२ मंसिर २०७९ सोमबार ००:००  ७ : ५४ बजे