१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मिस्टर एण्ड मिस वल्ड-वाईड नेपाल २०२२ को उपाधि बि.सी र श्रेष्ठलाई



रिता खनाल, कपिलवस्तु ।

पि प्रोडक्सनद्धारा आयोजित मिस्टर एण्ड मिस वल्ड वाईड नेपाल २०२२ को उपाधि रोशन बि.सी र रितीका श्रेष्ठले जितेका छन् ।

गत शनिबार बुटवलमा आयोजना भएको एक कार्यक्रमका बिच उक्त उपाधि प्रदान गरिएको डाईरेक्टर प्रशान्त शाहले बताउनुभयो । यस्तै मिस्टर वल्ड वाईड नेपाल २०२२ को फष्ट रनरअपको उपाधि हिमान्सु अग्रहरी र मिस वल्ड वाईड नेपाल २०२२ को फष्ट रनरअपको उपाधि सोनाली यादबले जित्नुभएको हो । त्यस्तै भिउअर च्वाईसको बिजेता नवलपरासीका रवी बर्मा हुनुभएको हो भने पि.प्रोडक्सनको ब्रान्ड एम्बाष्टर अमीत यादब हुनुभएको छ ।

यस्तै प्रोभिजनल टाईटलमा यसबर्ष ४ वटा टाईटल छनोट गरेको ईभेन्ट डाइरेक्टर शाहाले बताउनुभएको छ । जसअन्तर्गत प्रदेश नम्बर २ बाट सोनाली यादब, ३ बाट सलिना सावत,४ बाट युबिन पौडेल र लुम्बिनी प्रदेशबाट लक्ष्मी क्षेत्री छनोट हुनुभएको हो । इभेन्टको मुख्य स्पोन्सर इडीआई ग्लोबल एजुकेशन बुटवल र ट्रफी स्पोन्सरको रुपमा आशिष स्पोर्ट एन्ड म्युजिक सेन्टर रहेको थियो भने मेकअप पार्टरमा आश्मा ब्युटि जोन एकेडेमी,डे्रस डिजाईनिङ् पार्टनरमा नेवार फेशन डिजाईनिङ् ईन्षिच्युट रहेको थियो ।

सो ईभेन्टमा मोडेल तथा कलाकारको पनि उपस्थिती थियो । पि प्रोडक्सनले यसअघि पनि बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९ मंगलबार ००:००  ६ : २६ बजे