१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन



एजेन्सी ।
चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वमहासचिव एवं चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले ९६ वर्षीय जेमिनको निधन भएको बताएको छ।

जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति बनेका थिए।

उनी सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए।

प्रकाशित मिति : १४ मंसिर २०७९ बुधबार ००:००  २ : २५ बजे