८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सुनसरी-४ मा कांग्रेसका कार्की एमालेका कुसियैतभन्दा ५८ मतले अघि



काठमाडौँ ।

सुनसरी ४ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की र नेकपा एमालेका उम्मेदवार जगदिश कुसियैतबीचको प्रतिस्पर्धा रोचक बनेको छ ।

पछिल्लो मतपरिणामअनुसार कार्की कुसियैतभन्दा ५८ मतले अघि छन् । कार्कीले २७,४४० मत ल्याउँदा कुसियैतले २७,३८२ मत ल्याएका छन् ।

यसअघि सूचना तथा सञ्चार प्रविधिमन्त्री समेत रहेका कार्कीले मतगणनाका क्रममा धाँधली भएको भन्दै पुनः मतगणनाको माग गर्दै निवेदन दिएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७९ बुधबार ००:००  ४ : ०२ बजे