१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कपिलवस्तुको पिपरामा दूध बोकेको सवारी दुर्घटना



मायादेवी अनलाइन, बाणगंगा ।

जिल्लाको बाणगङ्गा नगरपालिका २ पिपरामा दूध बोकेको सवारी साधन दुर्घटना भएको हो ।

पूर्वबाट पश्चिम जाँदै लु १ ख ३६०७ नम्बरको दूध बोक्ने ट्यान्कर र पश्चिमबाट पूर्व जाँदै गरेको बा १३ च ९३०६ नम्बरको कार एकापसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्यान्करमा सवार तीन जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको स्थिति गम्भीर रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

दुर्घटनामा कारलाई कम क्षती भएको छ । ट्यान्कर अनियंत्रित हुँदै सडकमै पल्टिन पुगेको थियो ।दुर्घटना के कति कारणले भएको हो इलाका प्रहरी कार्यालय पिपराले थप अनुसन्धान गरिरहेको छ ।दूध बोकेको सवारी साधन दुर्घटना हुँदा ठुलो मात्रामा दूध नष्ट भएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९ शुक्रबार ००:००  ११ : ३३ बजे