१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुमा एक भारतिय नागरिकमाथि गोली प्रहार भएको छ ।

बिहीबार साँझ कपिलवस्तुको मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको हो । तर गोली प्रहार गर्नेको पहिचान हुन सकेको छैन ।नेपालमा रहेको एक होटलमा बसेका भारतको सिद्धार्थनगर अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि बिहीबार साँझ दुई गोली प्रहार भएको हो ।नेपाली सीमा क्षेत्रको चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खानमाथि दुई जना अज्ञात व्यक्तिले गोली प्रहार गर्दा उनलाई काँध र कम्मरमा गरी दुई गोली लागेको छ ।

गोली लागेका उनलाई उपचारको लागि भारतको नौगढ हुँदै गोरखपुर मेडिकल कलेज पुर्‍याइएको छ । बिहीबार साँझ भारतीय नागरिकमाथि दुई गोली प्रहार भएको र भारतीय प्रहरीसँगको समन्वयमा अनुसन्धान अगाडि बढाइएको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जानकारी दिए ।

अहिले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको अनुसन्धान टोली घटनास्थलमा पुगेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९ शुक्रबार ००:००  १२ : ४१ बजे