११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

कपिलवस्तुमा प्रसुति सेवा समयमा नपाउँदा वडा सदस्यको निधन



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा प्रसुति सेवा समयमा नपाउँदा एक वडा सदस्यको निधन भएको छ । जिल्लाको पश्चिम क्षेत्रमा रहेको विजयनगर गाउँपालिका वडा नं. ३ की वडा सदस्य माधुरी लोहारको प्रसुति सेवा समयमा नपाउँदा निधन भएको हो ।

जनता समाजवादी पार्टी नेपाल, (जसपा) बाट गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित लोहोरको सुत्केरी व्यथाले च्यापे पनि समयमा उपचार नपाउँदा निधन हुन पुगेको हो ।

जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले उक्त घटनाको पुष्टि गरेका हुन् । यादवले सामाजिक सन्जालमा जानकारी दिदैं प्रसुति सेवाकै अभावमा महिला जनप्रतिनिधिले ज्यान गुमाउनु परेको उल्लेख गरेका छन् ।

मृतक लोहारलाई थप उपचारका लागि बुटवल लगिए पनि उपचार सम्भव नभएको उनले बताएका छन् ।

यता गाउँपालिकाका अध्यक्ष गोपाल थापाले प्रसुति सेवा नपाएकै कारण लोहारको निधन नभएको बताएका छन् ।

गाउँपालिकामा प्रयाप्त बर्थिङ सेन्टर रहेको भन्दै अरु कुनै कारणले उहाँको निधन भएको हुन सक्ने तर प्रसुति गृहको अभावको कारण निधन नभएको उनले बताए । लोहारको निधनले आफू दुखित भएको उनले बताएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७९ आइतबार ००:००  ९ : २४ बजे