११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

कतार विश्वकप : क्वाटरफाइनल समीकरण पूरा



काठमाडौं ।

कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको अन्तिम प्रि(क्वाटरफाइनल खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।

कतार विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् ।

अब पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।यस्तै तेस्रो क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्ड तथा अन्तिम क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २१ मंसिर २०७९ बुधबार ००:००  ६ : ०९ बजे