७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

लुम्बिनीका मुख्यमन्त्री केसीलाई दाङमा सम्मान



दाङ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई दाङमा स्वागत तथा सम्मान गरिएको छ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा कार्यान्वयन गरेको भन्दै केसीलाई जिल्ला समन्वय समिती दाङले स्वागत तथा सम्मान गरेको हो।

अस्थायी मुकाम बुटवलबाट राजधानी सारेको भन्दै बुटवलमा आलोचना भइरहँदा मुख्यमन्त्री केसीलाई दाङमा सम्मान गरिएको हो।

स्थायी राजधानीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती गाउँपालिका(३ मसुरियामा स्थापना गरिएको छ। बुटवलमा रहेको अस्थायी मुकाम राजधानीमा स्थानान्तरण गरिएको हो।

दुई वर्षअघि प्रदेश सभाको दुई तिहाइ बैठकले २०७७ असोज २० मा निर्णय पारित गरेको थियो।

राजधानी कार्यान्वयनलाई उत्साहको रूपमा लिन जिल्ला समन्वय समितिले मुख्यमन्त्री केसीको उपस्थितिमा स्थानीय तहका प्रमुखरउपप्रमुखको सहभागीतामा बैठक बसेको छ।

प्रकाशित मिति : २१ मंसिर २०७९ बुधबार ००:००  २ : ०९ बजे