१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बिहेको भोजमा प्रयोग भएको पानीमा ‘कोलिफर्म’ जीवाणु भेटियो



पाल्पा।

बिहेको भोज खाएर दुई सय जनाभन्दा बढी मानिस बिरामी भएका स्थानमा दुषित पानीको प्रयोग भएको पाइएको छ । बिहेको भोजमा प्रयोग भएको पानीमा कोलिफर्मको जीवाणु भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 

बिहेको भोजमा प्रयोग भएको दुई वटा ड्रमको पानी दुषित भएको भेटियो स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा। राजेन्द्र गिरीले भन्नुभयो । दुई वटा ड्रमको पानी परीक्षण गर्दा एउटा ड्रमको पानीमा कोलिफर्म जीवाणु भेटियो उहाँले भन्नुभयो । यद्यपि पानीको स्रोत भएको मुहानबाट भने परीक्षण गर्न बाँकी रहेको उहाँले बताउनुभयो । 

बिहे भोजमा प्रयोग भएको पानी दुषित रहेको यकिन गर्न सकिने रिपोर्ट प्राप्त भएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले बताउनुभयो । ‘पानी मुलबाटै दुषित बनेको हो वा ड्रम दुषित भएको यकिन भएको छैन’ भट्टराईले भन्नुभयो ।  

पाँच दिनअघि बगनासकाली –१, चिर्तुङ्धारास्थित घोरबन्दाका स्थानीय दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएर धैरै जना बढी गाउँले, आफन्त तथा प्युठानबाट आएका जन्ती बिरामी भएका थिए । बिहेको भोज खाएपछि पेट दुख्ने, वान्ता आउने, पखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने समस्या भएको थियो ।

विरामीमध्ये अहिले पनि केहीको उपचार भइरहेको छ । केही बिरामीको स्वास्थ्य अवस्था ठीक भइसकेको छ । कोही ठीक हुनेक्रममा रहेको गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । भोज खाएर बिरामी परेकाको उपचार तथा स्वास्थ्यजाँचका लागि तीन दिनदेखि चिकित्सकसहित स्वास्थ्यकर्मीलाई गाउँमा खटाइएको उहाँले बताउनुभयो ।

उपचारका लागि मिसन अस्पतालमा भर्ना भएका १५ जना सबै डिस्चार्ज भइसक्नु भएको छ । भोजमा पाडा ९राँगो० को मासु, पुलाउ, आलुगोभीको तरकारी, मेवाको अचार, आलु र मुलाको अचार परिकार थियो । के कारणले यस्तो घटना भएको भन्ने बारेमा थप अध्ययन् भइरहेको बताइएको छ ।  

प्रकाशित मिति : २२ मंसिर २०७९ बिहिबार ००:००  २ : ३४ बजे