१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अर्घाखाँचीमा कार दुर्घटना : ५ जना घाईते, २ को अवस्था गम्भीर



बिष्णु कुमार आले, अर्घाखाँची ।

गोरूसिङगे-सन्धिखर्क सडक खण्डको शितगंगा २ सितापुर राजुबास झोलङगेपुल नजिकै कार दुर्घटना हुँदा एकै घर परिवारका ५ जना घाईते भएका छन् ।

तनहु जिल्ला बाट सुपादेउराली दर्शन गरेर फर्कने क्रममा ग ३ ज १५७९ नम्बरको जिप सडकबाट झन्डै ८० मिटर तल सितखोलामा खसी दुर्घटना भएको छ । दुर्घटनामा परि घाईते हुनेमा तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका ३ का ५५ बर्षिय लक्ष्मी त्रिपाठी ,५२ बर्षिय अन्शु त्रिपाठी ,२७ बर्षिय शिषिर त्रिपाठी ,२५ बर्षिय प्रकृति त्रिपाठी र कार चालक ३१ बर्षिय शिसन त्रिपाठी घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते मध्ये प्रकृति त्रिपाठी र चालक शिशिर त्रिपाठी दुई जनाको अवस्था गम्भीर रहेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले जनाएको छ । एक्कासी ब्रेक फेल भई अनियन्त्रित हुदा सडक बाट तल खोलामा खसेको बताईएको छ । दुर्घटना हुने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी टोली र स्थानिय बासीन्दाले घटनास्थल पुगेर उद्दार गरेका थिए ।

घाईतेलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा प्राथमिक उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९ शनिबार ००:००  १ : १६ बजे