१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

केनले पेनाल्टी गुमाएपछि इंग्ल्याण्ड बाहिरियो



एजेन्सी ।
कप्तान ह्यारी केन पेनाल्टीमा गोल गर्न असफल भएपछि इंग्लयाण्ड साविक विजेता फ्रान्ससँग २-१ ले पराजित हुँदै कतारमा जारी विश्वकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

मध्यराती भएको खेलमा इंग्ल्याण्डले खेलको अन्त्त्यतिर पेनाल्टी पाएको थियो । तर कप्तान केनले प्रहार गरेको पेनाल्टी पोष्ट बाहिर गयो । अब बायत रंगशालमा त्यसअघि भने इंग्लयाण्डले पेनाल्टी पाउँदा केनले नै गोल गरेका थिए ।

खेलको १७औं मिनेटमा औरेलियन चुवामेनीले एन्६नी ग्रीजमनको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

न्सले पहिलो हाफमा अग्रता कायम राख्यो । तर ५४औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । ७८औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई २(१ को अग्रता दिलाउँदै जित नजिक पुर्‍याए ।

तर इंग्ल्याण्डले दोस्रो पटक पेनाल्टी पाउँदा खेलमा फर्कने अवसर पाएको थियो । केनको प्रहारले पोष्टको दिशा लिन सकेन । जसले गर्दा फ्रान्स भाग्यमानी बन्यो र लगातार विश्वकपको सेमिफाइनलमा पुग्यो । विश्वकपको उपाधि रक्षा गर्ने इतिहासकै तेस्रो टिम बन्ने अभियानमा रहेको फ्रान्सले अब मोरक्कोसँग सेमिफाइनल खेल्नेछ ।

प्रकाशित मिति : २५ मंसिर २०७९ आइतबार ००:००  ५ : २९ बजे