६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

कपिलवस्तुबाट प्रतिनिधि सभामा तीन जना नेता समानुपातिक सांसद



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुबाट प्रतिनिधि सभाको समानुपातिक तर्फ तीन जना नेताले अवसर पाएका छन् । नेकपा एमालेबाट दुई जना र नेपाली कांग्रेसबाट एक जना गरी तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका हुन् ।

एमालेबाट कृष्णनगरका सिराज अहमद फारुकी र तौलिहवाकी अमृता अग्रहरी समानुपातिक सांसदको प्राथमिकतामा पर्नुभएको छ ।

फारुकी पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ भने अग्रहरी निर्वाचनको मुखैमा जसपा परित्याग गरी एमालेमा आउनुभएको थियो ।

कांग्रेसबाट रुपा विश्वकर्मा समानुपातिक सांसद बन्ने गरी पार्टीले निर्वाचन आयोगमा नाम पठाएको छ । पार्टीकी केन्द्रीय सदस्य समेत रहनुभएकी विश्वकर्मा समानुपातिक सांसद बन्न लाग्नुभएको हो ।

नेकपा (माओवादी केन्द्र) बाट भने कपिलवस्तुमा समानुपातिक सांसद परेनन् ।

समानुपातिक सांसदका लागि दलहरुले निर्वाचन आयोगमा नाम पठाए पनि आधिकारीक रुपमा आयोगले नाम सार्वजनिक भने गरिसकेको छैन् । आयोगले दलहरुले पठाएका नामहरुको अध्ययन गरी समानुपातिक निर्वाचन प्रणालीमा सांसद निर्वाचित भएको घोषणा गर्ने छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९ आइतबार ००:००  ६ : १३ बजे