१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुद्धारा दीप प्रज्वलन



मायादेवी अनलाइन, बाणगंगा ।
७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु शाखाको जतपुर चोकमा दीप प्रज्वलन गर्दै विश्वभर शान्तिको लागि कामना गरेको छ ।

कपिलवस्तु शाखाका सभापति माधव घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा १६ दिने लैंगिक हिंसा, महिला तथा सबै मानिसको हक अधिकारका विषयमा बोल्दै कार्यक्रमका प्रमुख वक्ता कपिलवस्तु नागरिक सामाजका अध्यक्ष एंव अधिकारकर्मी दोलख बहादुर पछाइले अधिकारका लागि सदैव आवाज बुलन्द गर्ने शान्ति समाज भएको बताए ।

क्रियाशिल सबै संघ संस्थाले यस्ता कार्यक्रम गरी अझ जनचेतनामूलक कार्यक्रम गर्नु पर्नेमा जोड पछाईले जोड दिए ।

संस्थाका कपिलवस्तु संस्थापक सभापति गोबिन्द प्रसाद पोख्रेल, संस्थाकी सह-सचिव बिस्णु पन्थ पाण्डे लगायतले कार्यक्रममा अधिकारका लागि शान्ति समाजले उठाएका आवाज संसारका हरेक मानवको जीवनमा सार्थक बन्दै गइरहेको र त्यस्ता आवाजको खोजी गरिरहने बताएका समाजका जिल्ला सचिव बुद्धिसागर बेल्बासेले जानकारी दिए ।

प्रकाशित मिति : २५ मंसिर २०७९ आइतबार ००:००  ६ : २५ बजे