मायादेवी अनलाइन, बाणगंगा ।
चुनावको मुखैमा जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेकी अमृता अग्रहरी समानुपातिक सांसद बन्ने भएकी छिन् ।
एमालेको केन्द्रीय सचिवालय बैठकले उनको नाम सांसदका लागि छनौट गरी निर्वाचन आयोगमा पठाएको छ ।
कपिलवस्तु निवासी अग्रहरी जसपाको कार्यकारिणी सदस्य थिइन् । ०७४ मा जसपाबाट समानुपातिक सांसद बनेकी उनी एमाले प्रवेश गर्दा वित्तिकै प्रतिनिधि सभाको सांसद बन्ने अवसर पाएकी हुन् ।
तत्कालिन जसपा भित्र उपेन्द्र यादव र बाबुराम भट्टराई बीच अन्तरद्धन्द्ध चर्किदा अग्रहरी सुरुवाती चरणमा भट्टराई समूहमा थिइन् । उपेन्द्र यादवको खुलेरै आलोचना गर्दै आएकी अग्रहरी भट्टराईले जसपा त्यागेर अर्को पार्टी बनाउने दिशामा पुग्दा मौन बसेकी थिइन् ।
भट्टराई खेमामा भएपनि पार्टी विभाजनमा साथ नदिएकी उनी एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर एमाले रोजिन् ।
एमालेले उनलाई पार्टीको बन्द सूचीमा उनको नाम पारेको थियो । मधेसी कलस्टरबाट अग्रहरी सांसद बन्न लागेकी हुन् ।
प्रतिक्रिया