१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

चार नम्बरमा न्यौपाने दाजुभाइको नयाँ ‘शुभ फर्निसिङ्ग’



मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा नयाँ ब्यवसाय खुल्ने क्रम बढिरहेको छ । विकासमा ह्वात्तै तानिएको तौलिहवा रोड अहिले व्यवसायिक केन्द्र नै बनेको छ । यस लाइनमा बैंक र वित्तीय संस्थासंगै ठूलो लगानीमा ब्यवसाय खुलिरहेका छन् । यसैक्रममा करोड बढी लगानीमा शुभ फर्निर्सिङको आइतबार उद्घाटन गरिएको छ । रुपन्देहीको सैनामैना निवासी न्यौपाने दाजुभाइले व्यवसायको शुभारम्भ गरेका हुन् ।

न्यौपाने परिवारले कपिलवस्तु र रुपन्देहीका बिभिन्न स्थानमा शुभ न्यौपाने फर्निसिङ तथा कपडा पसलको नाममा बिभिन्न शाखा खोलि कारोबार गरिहेको अवस्थामा ब्यापारको बदलिँदो परिवेश र ग्राहकको माग बमोजिम नयाँ ब्यवस्थापनसहित ठूलो आकारमा चारनम्बरमा ब्यापारको स्तरनोन्नति गरिएको फर्निसिङका प्रोप्राइटर पिताम्बर न्यौपानेले बताउनु भयो ।
अहिले आफ्नै फर्निचरबाट बनाइएका फर्निचरका सामान र घरको लागि चाहिने सबै डेकोरेसनका सामान सुपथ मुल्यमा आफूहरुबाट उपलब्ध हुने न्यौपानेले बताउनु भयो । उद्घाटनका अवसरमा विशेष छुटसहित सामानहरु राखिएको अर्का भाइ नारायण न्यौपानेको भनाई छ ।

सात न्यौपाने दाजुभाइ अहिले रुपन्देही र कपिलवस्तुका ४ वटा शाखामा खट्ने गर्दछन् । भाइहरुले मिलेर गरेमा समाजमा पनि केही सकारात्मक सन्देश दिन सकिन्छ भनेर आफूले स्वदेशमै काम गर्न हौसला दिएको ७८ बर्षका बुबा मिनलाल न्यौपानेले बताउनु भयो । पसलको बुबा मिनलाल, उहाँकी पत्नी खगिकला न्यौपाने, र भाइहरु कृष्ण तथा दधिराम न्यौपानेले रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।

आफूहरुसंग प्रत्यक्ष रुपमा अहिले ५० जनाभन्दा बढी ब्यक्तिहरु रोजगारीमा जोडिएको भन्दै आगामी दिनमा थप स्तरउन्नति गर्दै शाखा विस्तार गर्ने योजनामा रहेको पिताम्बर न्यौपानेले बताउनु भयो । आगामी दिनमा फेन्सी कुर्ची टेवलको उद्योग नै खोल्ने तयारीमा आफूहरु रहेको उहाँको भनाई छ । मुलुकभर आर्थिक मन्दी कायम रहेको भएता पनि जोखिम मोलेको उनीहरु बताउँछन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९ आइतबार ००:००  ३ : २२ बजे