७ असार २०८३, आइतबार | Sun Jun 21 2026

पाल्पामा आगो ताप्दा जलेर एक वृद्धको मृत्यु



पाल्पा ।

पाल्पामा जलेर सोमबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका-१ जोरपोखरी कोटखेराका ७५ वर्षीय खिमबहादुर बिक रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

खरले छाएको कच्ची घरको आफू सुत्ने कोठामा आगो बालेर ताप्ने क्रममा सोमबार बिहान करिब ५ बजे उनी एक्कासी जलेका थिए।

शरीरमा आगोले जलेका उनको घटनास्थलमै मृत्यु भएको थापाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २६ मंसिर २०७९ सोमबार ००:००  ४ : १८ बजे