१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुमा १६ किलो अफिम सहित ३ महिला पक्राउ



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको नेपाल भारत सिमानाका कृष्णनगर स्थीत यात्रु गेटबाट नेपाल प्रहरीले १६ किलो अफिम सहित ३ महिलालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजादै गरेको आवस्थामा लागु औषध अफिम सहित ३ महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मानपुर बस्ने वर्ष ४३ की आस कुमारी बुढा, दाङ लमही नगरपालिका वडा नं.४ लमही बस्ने बर्ष ४८ की नर्मला बिक र रोल्पा घर भई हाल लमही नगरपालिका वडा नं. ४ लमही बस्ने बर्ष ३६ की भावना पुन मगर रहेको प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

सोमबार दिउँसो १ बजे नेपालबाट भारत जादै गर्दा शंकाले खानतलासी पुर्जी अनुसार ति महिलाहरुले कम्मर भागमा कालो कपडामा लुकाएको आवस्थामा अफिम बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी बरामद अफिमको ४० लाख मुल्य पर्ने प्रहरीले जनाएको छ । बरामद अफिमको बारेमा थप अनुसान्धान जारी राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका महिलाहरुलाई प्रहरी हिरासतमा राखीएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९ मंगलबार ००:००  ४ : ४५ बजे