१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुमा दृष्टि विहिनताको अवस्था डरलाग्दो



मायादेवी अनलाइन, कपिलवस्तु ।

आँखा स्वास्थ्य सेवालाई अझ गुणस्तरीय तथा प्रभावकारी बनाउन प्रभावकारी बनाउन भन्दै छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगन्जले पत्रकारहरुसगँ भेटघाट तथा अन्तकृया गरेको छ । कपिलवस्तुमा दृष्टि विहिनताको अवस्था डरलाग्दो देखिएको छ । कपिलवस्तु जिल्लाको दश ओटा पालिका गरिएको जांचवाट आंखाको विरामी संख्यामा वृद्धी देखिएको हो ।

नेपाल नेत्र ज्योती संघ आंखा स्वास्थ्य कार्याक्रम राप्ती तथा वहादुरगंजले मंगलवार शिवपुरमा पत्रकार सम्मेलनको आयोजना गरि कपिलवस्तु जिल्लामा आंखाको विरामीहरुको स्थीतीको वारेमा तथ्याङक सार्वजनीक गरेको हो । जिल्लामा शिवराज नगरपालिकामा सवै भन्दा वढि आंखाको विरामीहरु रहेको वताईएको छ । शिवराजमा १ हजार ६ सय ७९ जना आंखाको विरामी रहेको तथ्याङकमा देखाइएको छ । यस्तै वाणगंगा नगरपालिकामा १ हजार ६ सय २४ जना , वुद्धभुमी नगरपालिकामा १ हजार ४ सय २९ , कृष्णनगर नगरपालिकामा १ हजार ३ सय ७८ ,महराजगंज नगरपालिकामा १ हजार २ सय ६ जना आंखाको विरामी रहेको वताईएको छ ।

यस्तै जिल्लाको मायादेवी गांउपालिकामा १ हजार ६१ जना , शुद्धोधन गांउपालिकामा ९ सय ९४ , यसोधरा गांउपालिकामा ८ सय १३ , र विजयनगर गांउपाललिकामा ८ सय १३ जना आंखाका विरामीको पहिचान भएको नेपाल नेत्र ज्योती संघ आंखा स्वास्थ्य कार्याक्रम राप्ती तथा वहादुरगंजका प्रमुख प्रशासकिय अधिकृत शमसेर थापाले जानकारी दिनुभयो ।

थापाले विभिन्न समयमा गरिएको जांचवाट विरामीको तथ्याङ प्राप्त भएको जानकारी दिनुभयो । उहाँले सवै विरामीको शल्यक्रियाबाट उपचार गनुपर्ने समेत वताउनुभएको छ । पालिकास्तरमा विरामीहरुको उपचारको लागी सहयोगको याचाना गरिरहेको समेत वताउनुभयो । अस्पतालले पालिकाहरुको सहयोगमा निशुल्क उपचार गर्दे आएको समेत बताउनुभयो। उहांले आखांको हेरचाह र सरसफाई विशेष ध्यान पुराउन समेत आग्रह गर्नुभएको छ ।

यस्तै छन्दकाले वावु नारायणी आंखा अस्पताल वहादुरगंजका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले अस्पाताले स्थापनाकाल देखि आज सम्म ९ लाख ३० हजार ६ सय २२ जनाको ओपीडी परीक्षण गरिएको र १ लाख २३ हजार ७ सय ८ जनाको शल्यक्रिया गरिएको जानकारी दिनुभयो । उहांले वजेटको अभावमा उपकरण खरिद उपचारमा समस्या सिर्जना भईरहेको समेत वताउनुभएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९ मंगलबार ००:००  ६ : १८ बजे