२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024

चुनाव सकिएको अवसरमा आयोगले जलपान कार्यक्रम गर्दै



काठमाण्डौ ।

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव सफलतापूर्वक सम्पन्न भएको अवसरमा आउँदो पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । आयोगको प्राङ्गणमा दिउँसो साढे १ बजेका लागि जलपान कार्यक्रम आयोजना गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । 

जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको उहाँको भनाइ छ ।

यस वर्ष तीन तहका चुनाव सम्पन्न भएका छन् । गएको वैशाखमा पालिका चुनाव तथा यही मङ्सिरमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव सम्पन्न भएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९ बिहिबार ००:००  २ : १९ बजे