१० फाल्गुन २०८०, बिहिबार | Fri Feb 23 2024

दाङमा खाना पकाउने क्रममा जलेर एक महिलाको ज्यान गयो



दाङ । 

दाङको तुलसीपुरमा खाना पकाउने क्रममा जलेर एक महिलाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर निवासी ५९ वर्षीया बसन्ती कुमालको जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

जलेर घाइते कुमालको कोहलपुर मेडिकल क्लेजमा उपचारका क्रममा शनिबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकी ७ बजेतिर आगोले पोल्दा कुमालको कम्बरदेखि तलको अधिकांश भाग जलेको थियो । घाइते कुमालको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार छि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको थियो ।

प्रकाशित मिति : २ पुस २०७९ शनिबार ००:००  ५ : ३७ बजे