१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अर्घाखाँचीमा कुकुरले खाँदै गरेको अवस्थामा शिशुको शव फेला



अर्घाखाँची ।

अर्घाखाँचीमा कुकुरले खाँदै गरेको अवस्थामा बेवारिसे शिशुको शव फेला परेको छ ।

जिल्लाको सन्धिखर्क नगरपालिका -१ गुन्टेखोला स्थित माछा पसल नजिकै कुकुरले खाँदै गरेको अवस्थामा बेवारिसे शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

शिशुलाई कुकुरले आधा खाईसकेको र बच्चा कस्को र के कारणले फालिएको भन्ने कुरा खुल्न बाकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ पुस २०७९ आइतबार ००:००  ४ : ४८ बजे