१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा लामिछाने चयन



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् ।

संसदीय दलको आज बसेको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट गरी कूल २० सिट प्राप्त गरेको छ।

प्रकाशित मिति : ४ पुस २०७९ सोमबार ००:००  १२ : २९ बजे