१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाणगंगा साहित्यिक प्रतिष्ठानको आयोजनामा जागरण अभियान कार्यक्रम सम्पन्न



मायादेवी अनलाइन, जितपुर ।

बाणगंगा साहित्यिक प्रतिष्ठान कपिलवस्तुको आयोजनामा साहित्यिक जागरण अभियान आज एक कार्यक्रमका बिच जन ज्योती माध्यमिक बिद्यालय मोतिपुरमा सम्पन्न भएको छ ।

साहित्य क्षेत्रमा कलम चलाउने र साहित्य प्रेमीहरुको साझा संगठन बाणगंगा साहित्यिक प्रतिष्ठानले बिद्यार्थीहरुलाई लक्षित गर्दै उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले मायादेवी अनलाइनलाई जानकारी दिए ।

कार्यक्रममा प्रतिष्ठानको परिचय र कार्यक्रमको उदेश्यको बिषयमा प्रतिष्ठानका अध्यक्ष पाण्डे ,साहित्य चिनारी सम्बन्धमा निबर्तमान अध्यक्ष नित्यानन्द पाण्डे, छन्दका बिषयमा संस्थाका सल्लाहाकार सुर्य प्रसाद भुसालले, संगित कला र संस्कृतिका बिषयमा सल्लाहकार मोहन ज्ञवालीले प्रकाश पार्नुभएको थियो। प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका संस्थाका सदस्यद्धय पुनाराम गिरी र आत्मराम आचार्यले कबिता प्रस्तुत गर्नुभएको थियो भने बिद्यालय छात्रा निशा सापकोटा र शिक्षक देवरुपा भण्डारीले मन्तब्य प्रस्तुत गर्नुभएको थियो ।


यसैबिच सोही कार्यक्रमबाट बिद्यार्थी किरण घर्तीको संयोजकत्वमा ७ सदस्यिय जन ज्योती साहित्यिक बाल क्लब गठन गरिएको छ । शिक्षक चुरामणी पौडेल संरक्षक रहनुभएको क्लबको सह संयोजकमा सन्ध्या गैरे, सचिबमा शान्ति न्यौपाने , कोषाध्यक्षमा निसा सापकोटा, यस्तै सदस्यहरुमा सपना खनाल, सुजल बि.सी, रिजा न्यौपाने लगाएतका बिद्यार्थी रहेका छन् ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष ज्यो. कृष्ण प्रसाद पाण्डेको अध्यक्षता, बिद्यालय निमित्त पा्रचार्य नारायण प्रसाद घिमीरेको प्रमुख आतिथ्यता,बिद्यालय बिभिन्न बिषयगत शिक्षक लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : ५ पुस २०७९ मंगलबार ००:००  ७ : २० बजे