७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

देशभर चिसो बढ्यो, कपिलवस्तुमा बाक्लो हुस्सु (तस्बीरमा)



कपिलवस्तु ।

कपिलवस्तु सहित देशभर चिसो बढेको छ । आज बिहान कपिलवस्तुमा बाक्लो कुहिरो लागेको छ । कुहिरोका कारण सवारी आवागमनामा पनि समस्या भएको छ ।

देशभर चिसो बढेकाले सावधानी अनाउन मौसमबिदले आग्रह गरेका छन् । हाल नेपालको पुर्वी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सु लागेको छ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। राती प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।

तराईका केही भू भागमा बिहानीपख हुस्सु लाग्ने र देशका अधिकांश भू भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०७९ बिहिबार ००:००  ७ : ५० बजे