१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदद्धारा शपथ ग्रहण



काठमाडौं ।

नवनियुक्त सांसदहरूले प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण गरेका छन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सांसदलाई सपथ खुवाएका हुन्। सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ।

राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन सचिवालयको आग्रहलाई सांसद्हरूले अनुशरण गर्दै सांसद्हरू आफ्ना भेषभुषामा संसद् भवन पुगेका थिए। यो पटक २६ सांसदले नेपालीबाहेक अन्य मातृभाषामा सपथ लिए। २६ जनाले नेपालीबाहेक अन्य १४ भाषामा सपथ लिएका हुन्।

प्रकाशित मिति : ७ पुस २०७९ बिहिबार ००:००  ३ : ०१ बजे