१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाणगंगा नदीमा एक युवा हाम फालेको आशंकामा खोजतलास सुरु



कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नदीमा एक युवा हाम फालेको आशंकामा खोजतलास सुरु गरिएको छ । नदीको रामघाट पुलमा डुबेको आशंकामा खोजतलास सुरु गरिएको हो ।

कपिलवस्तु नगरपालिका १ तौलिहवा खानेपानी टोलका २९ वर्षीय गोरखनाथ बर्मा हाम फालेको आशंकामा खोजतलास गरिएको हो । बर्मा बुधवार विहान ९ बजेदेखि बेपत्ता हुनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फोन लोकेसन ट्रयाक गर्दा रामघाट पुल देखिएपछि अनुसन्धान जारी गरेको थियो । प्रहरीले बर्माले प्रयोग गर्दैआएको एउटा फोन पुल माथि फेला पारेको छ । फोन भेटिएपछि नदीमा हामफालेको आशंका गरिएको छ ।

आज बिहीबार ४ बजेदेखि सशस्त्र प्रहरी २८ नम्बर गणको टोली खोजलतासमा खटिएको गणपती सूर्यबहादुर सेनओलीले बताउनुभयो ।

प्रकाशित मिति : ७ पुस २०७९ बिहिबार ००:००  ६ : २७ बजे