१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

ब्राउन सुगरसहित कपिलवस्तुमा एक युवा पक्राउ



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा लागु औषध ब्राउन सुगरसहित एक युवा पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिकाबाट सोहि पालिका वडा नम्बर १२ मानपुर बस्ने २२ वर्षिय दुर्गा प्रसाद खटिक पक्राउ परेका हुन । खटिकलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरको प्रहरी टोलीले पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा खटिकको साथबाट लागु औषध ब्राउन सुगर खैरो हिरोईन जस्तो देखिने ४५ ग्राम लागु औषध बरामद गरिएको छ ।

कृष्णनगर नगरपालिका वडा न १२ हरिगवा स्थित लु ७६ प ३६८३ नम्बरको मोटरसाइकलमा सवार खटिकलाई प्रहरीले पुस ६ गते पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७९ शुक्रबार ००:००  ८ : ५६ बजे