११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

नेकपा एसकी केन्द्रीय सदस्य भुसालको निधन




अर्घाखाँची ।

नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य एवं अर्घाखाँची जिल्ला सहइन्चार्ज यमुना भुसालको ५४ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको न्युरो अस्पतालमा उपचारको क्रममा बिहीबार उनको निधन भएको हो ।

नेकपा मसालबाट कम्युनिष्ट पार्टीको राजनीतिमा सक्रिय भुसाल पछिल्लो पटक नेकपा विभाजन भएपछि माधव नेपालको नेकपा एसतिर लागेकी थिइन् ।

भुसाल वामपन्थी आन्दोलनको एक निस्वार्थी, त्यागी र निष्ठावान योद्धा रहेको नेकपा एसका जिल्ला अध्यक्ष रामबबहादुर चौहानले बताए । उनले भुसालको दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताए ।

सन्धिखर्क नगरपालिका–२ कुरमा जन्मिएकी भुसाल अविवाहित हुन् । भुसाल हाँक साप्ताहिकका संस्थापक प्रधानसम्पादक÷प्रकाशक शोभाखर धनन्जय (सहिद सरोज शर्मा) की बहिनी समेत हुन् ।

प्रकाशित मिति : ८ पुस २०७९ शुक्रबार ००:००  ५ : २९ बजे