८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कपिलवस्तुमा नयाँ सहजकर्ताका लागि पोषण तालिम



दिपक खड्का, कपिलवस्तु ।

कपिलवस्तुमा नयाँ सहजकर्ताका लागि पोषण तालिमको आयोजना गरिएको छ ।

कालिका स्वावलम्बन सामाजिक केन्द्रको आयोजना यु.एस.एड को आर्थिक सहयोगमा सन्चालित सु-आहारा दोश्रो कार्यक्रम अन्तर्गत कपिलवस्तुका ५ वटा स्थानिय तहमा हजार दिनका आमाहरुको पोषण र स्वास्थ्यको अवस्थामा प्रबर्द्धन गर्नका लागि पोषण अवस्थाको मापन लेखाजोखा (MUAC screeing ) गरि कुपोषित बच्चा पहिचान गर्दै उपचारमा सहयोग पुर्याउने र नेपाल सरकारले दिदै आएको मासिक पाँच सय बत्तीस रूपैया बालपोषण भत्ता बालबालिकाको पोषण अवस्थामा सुधार र प्राप्त अनुदानलाई प्रभावकारी बनाउन पोषणमुख्री १० ब्यवहारलाई प्रबर्द्धन गर्दै पोषण साथी(सहयोगी) सहजकर्ता तयार गरि समुदाय परिचालन गर्ने उद्देश्य अनुरुप कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका अन्तर्गत वडा न.१० लालपुर स्वास्थ्य स्वास्थ्य चौकीमा २ दिने पहिलो मोडुल तालिम सम्पन्न गरिएको नैना अदैले बताइन् ।


उक्त तालिममा २० जना हजार दिनका आमाहरुलाई लक्षित गरि तालिम संचालन गरिएको हो ।तालिम कालिका स्वाबलम्बन सामाजिक केन्द्र (सु-आहारा ) दोश्रो कि कार्यक्रम संयोजक कमला सापकोटाले सहजीकरण गरेको अदैले जानकारी दिइन् ।
शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराई र सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका दिपक खड्काले तालिममा सहजीकरण गरेका थिए ।

अन्य पालिका कृष्णनगर न.पा वडा न. ११ मायादेबी गा.पा वडा न.७ हरनामपुर मा सपन्न भएको र सुद्दोधन गा.पा वडा न.३ लबनी स्वास्थ्य चौकी, महाराजगन्ज न.पा ७ कुशहवा स्वास्थ्य चौकी मा संचालन गरिने कार्यक्रम संयोजक सपकोटाले बताइन् । तालिम ३ चरण मा सम्पन्न हुने र पहिले चरणको तालिम २ दिन , त्यसपछी पुन: एक महिना पछी १ दिन र अर्को महिना मा १ दिन गरि तालिम सम्पन्न गरिने छ । तालिम निकै प्रभवकारी रहेको र यस्ता किसिमका तालिमले व्यवहार परिवर्तन गर्न सहज हुने र समुदायमा सकारात्मक सन्देश दिन सकिने तालिमकी सहभागी अनिता यादवले बताइन् ।

प्रकाशित मिति : ९ पुस २०७९ शनिबार ००:००  १ : ०८ बजे